×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माणको काम सुरु, मेयर र पूर्वमन्त्रीले के भने ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माणको काम सुरु, मेयर र पूर्वमन्त्रीले के भने ? (भिडियो रिपोर्ट)

काठमाडौं – काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माणको काम पनि सुरु गरिएको छ । बिहीबार कमलपोखरीमा एक कार्यक्रममा बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गर्नु भएको हो । कार्यक्रममा बोल्दै मेयर शाक्यले सो पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गर्नुभयो । उहाँले सो पोखरी पुनर्निर्माणको काम एक वर्ष भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने मेयर शाक्यको प्रतिवद्धता छ ।
कार्यक्रममा बोल्दै काँग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले निर्माण कम्पनीलाई पनि समयमै सो पोखरीको पुनर्निर्माण नगरे कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । पोखरी निर्माणका लागि निर्माण कम्पनीलाई सबैले सहयोग गर्ने पनि नेता थापाले बताउनु भयो ।
काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको सो पोखरी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: