झम्सिखेल र ठमेलमा कुमारी बैंकको दुई नयाँ शाखा विस्तार, शाखा सञ्जाल ९६ पुग्यो

ललितपुर
काठमाडौँ - कुमारी बैंक लिमिटेडले असार २६ गते एकैदिन काठमाडौँ उपत्यकामा दुई नयाँ शाखा बिस्तार गरेको छ । ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलको (छायाँदेवी कम्प्लेक्स) मा शाखा उद्घाटन गरेको हो ।

ठमेलमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबरा तथा ठमेल पर्यटन बोर्डका अध्यक्ष प्रकाश नरसिंह राणाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष राणाले शाखा उद्घाटन गरे ।

उक्त शाखा विस्तारपछि कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल संख्या ९६ पुगेको छ ।
प्रकाशित मिति : Friday, July 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal