मध्यरातमा बिल मिलाएर लेखा 'तलामाथि' गरेको भन्दै कर्मचारीहरु कार्यालयमै थुनिए !

कैलाली - असारे बजेटको खोलो बगाएर बिल मिलाएको भन्दै कैलालीको लम्कीचुहा नगरपालिकामा राती कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले थुनेका छन् ।

‘पार्टीको भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत मध्य रातमा शंकास्पद रुपमा नगरपालिकाको लेखा शाखामा काम गरिरहेको अवस्था भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई थुनेका हौँ।’ पार्टीका एक जिल्ला नेतालाई उधृत गर्दै अर्थ सरोकारको सहकर्मी रेडियो लम्की एफएमका पत्रकार तीर्थ जैशीले भने । उनका अनुसार ती नेताका लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी गरेको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि कर्मचारी थुनिएको कुरा पुष्टि गरेको छ । 

कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कर्मचारीहरु र जनप्रनिधी काम गरिरहेको अवस्थामा बाहिरबाट ताला लगाईएको कुरा साचो भएको बताए तर ताला कसले लगाएको हो भन्ने कुरा खुल्न नसकेको बताएका छन् । नगरपालिका परिसरमा सेती महाकाली व्युरो लेखिएको पर्चा भेटिएको समेत उनले जनाए।

प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal