×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना, सेवा निःशुल्क (भिडियो रिपोर्ट)

PRIME CA

काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना, सेवा निःशुल्क (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : १८ असार २०७६, बुधबार

काठमाडौं – काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सो सेवा केन्द्रमा पर्यटकहरुलाई सूचना दिने गरी हट लाईन सेवा र अनलाईन सेवाको पनि बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिहरुले सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्न लागि आवश्यक सूचना केन्द्रहरुको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गर्नुभयो ।
सूचना केन्द्रमा पर्यटकहरुको लागि आवश्यक सूचना लिन निःशुल्क रुपमा ११४४ नम्बरको हटलाईन सेवा लिन सकिने व्यवस्था पनि गरिएको पर्यटन विभागले जनाएको छ ।हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: