×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैकले ल्यायो ‘प्रभु फोरेक्स एप’, अव डलर साट्ने सुविधा मोबाईलमै (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रभु बैकले ल्यायो ‘प्रभु फोरेक्स एप’, अव डलर साट्ने सुविधा मोबाईलमै (भिडियोसहित)

काठमाडौँ । प्रभु बैकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईल मार्फत अनलाईन आवेदन गर्न सकिने एप्लीकेसन ‘प्रभु इजि फरेक्स’ सचालनमा ल्याएको छ । 
प्रभु बैक लिमिटेडले सोमबार पत्रकार सम्मेलन गरि ‘प्रभु इजि फरेक्स’ बारे जानकारी गराएको हो । बैक सम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई  ‘प्रभु इजि फरेक्स’ ले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैकले लिएको छ ।
‘प्रभु इजि फरेक्स’ मोबाईल एप हाल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ । यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ । बैकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने÷ नसक्ने जानकारी गराउनुको साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ । बैकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित बैकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाईएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: