×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताका नेताहरुको पहलमा टुंगीयो पुँजीगत लाभकर विवाद, ‘ल्याप्चे युग’ सधैका लागि अन्त्य !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ताका नेताहरुको पहलमा टुंगीयो पुँजीगत लाभकर विवाद, ‘ल्याप्चे युग’ सधैका लागि अन्त्य !

काठमाडौं । लगानीकर्ताका नेताहरुको पहलमा पुँजीगत लाभकर विवाद टुंगीएको छ । यससंगै अब सधैका लागि ल्याप्चे युगको अन्त्य भएको हो । अर्थमन्त्रालयलमा बुधबार भएको छलफलपछि पूँजीगत लाभकरको विवादबारे यस्तो टुंगो लागेको हो । २०५८ साल असार मसान्तदेखि २०७६ असारमसान्त अवधीको मूल्यबाट भारित औषत निकालेर पुँजीगत लाभकर गणना हुने भएको छ ।
अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायको नेतृत्वमा वार्ता भएको छलफलमा वित्तिय आन्तरिक राजश्व विभागका उप महानिर्देशक यज्ञ ढुंगेल र अधिकृत चण्डी घिमिरेको सहभागीता रहेको थियो भने लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाव समुह र नेपाल पुँजी बजार संघका प्रतिनिधीको सहभागीता रहेको थियो ।
यता आजै धितोपत्र बोर्डको बैठक बसेर पुँजीगत लाभकर गणना सम्बन्धी सो सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । २०५८ देखि २०६४ असार मसान्तसम्मको कारोबारको विवरण लगानी कर्ताले नै पेश गर्नुपर्ने र त्यस्तो नभए नेप्सेले पेश गरेर भारित मूल्य निकाल्ने सहमति भएको बताईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: