आँधिखोला लघुवित्तको पहिलो कारोबार ८७.७२ देखि २६३.१६ रुपैयाँको बीचमा, के पायो संकेत ?

काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले आँधिखोला लघुवित्तको पहिलो सेयर कारोबारका लागि ८७.७२ रुपैयाँदेखि २६३.१६ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । सेयर कारोबारका लागि यस लघुवित्तले ‘एकेबीएसएल’ (AKBSL) संकेत पाएको छ ।

कम्पनीले आइतबार १० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम भएको सेयर सूचीकृत गराएको हो ।
प्रकाशित मिति : Monday, August 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal