३ लाख घुस रकमसहित सहायक वन अधिकृत डिसी पक्राउ

डडेल्धुरा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीकाे बिपी नगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसीलाई पक्राउ गरेको छ । आयोगले डिसीलाई ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । विभिन्न काम गरिदिएको भन्दै वन उपभोक्ता समितिका व्यक्तिबाटै उक्त ‘घुस’ रकमसहित डिसी पक्राउ परेको आयोगले जनाएको छ ।

डिसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडाबाट पक्राउ गरिएको हो । यता, डिसीले लिएको उक्त रकम घुस रकम नभई डिसीकै निजि रकम भएको जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal