
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले अव आफु 'बैंकिङ' नगर्ने बताएका छन् । 'अव बैंकिङ गर्दिन । इकोनोमिक्समा पिएचडी गर्दैछु । यतै व्यस्त हुन्छु । अरु केहि प्रोजेक्टहरुमा काम गर्छु ।' उनले भने ।
'सेञ्चुरी छोडेर कुलिङमा बसेर अन्य कुनै बैंक जाने तयारी त होइन नि ?' हाम्रो प्रश्नमा उनले भने, 'होइन । तत्काल त्यस्तो केहि सोचेको छैन । पढ्न भनेर बैंक छोडेको हो ।'