सिटिजन्स बैंकले माग्याे विभिन्न पद र स्थानका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव


काठमाडौँ - सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका कार्यलयको लागि कर्मचारी माग गरेको हो । 

बैंकले बाँकेको कोहलपुर, काठमाडौँको तारकेश्वरको लामबगर, काठमाडौँ कमलादी, काठमाडौँ सिनामंगल, चितवनको रत्ननगर टाँडी, नुवाकोटको देवीघाट, पोखराको हस्पिटलचोक, लमजुङको भोटेचौर, कपिलवस्तुको जीतपुर, मुगुको गमगढी, डोल्पाको जुफाल, कैलालीको अत्तरिया र कैलालीकै सुखड कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ब्रान्च म्यानेजर २० जना, चार्टर्ड एकाउन्टेण्ट केही, रिस्क डिपार्टमेन्टमा जुनियर अफिसर १ जना, सुपरभाइजर केही, रिलेशनसिप अफिसर केही र इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टमा जुनियर अफिसर १ जना माग भएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ १० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal