×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा विस्तार, फागो र मेहताद्वारा उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा विस्तार, फागो र मेहताद्वारा उद्घाटन

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले विहिवार मोरङ नपा वडा नं.७ इटहरा रोड स्थित उर्लावारी शाखा र इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: