×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ९०% ले वृद्धि

PRIME CA

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ९०% ले वृद्धि

३ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बढेको छ । यो अवधिमा कम्पनीले खुद नाफा ९०% ले वृद्धि गरी ७ करोड ६४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीले खुद नाफा ४ करोड १ लाख ५२ हजार रुपैयाँ कमाएको थियो। 
यता, कम्पनीको खुद बिमा शुल्क पनि ३०.६३% ले बढाएर १ अर्ब ८९ करोड २२ लाख पुर्याएको छ । अघिल्लो वर्ष १ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बिमा कोषको आकार पनि ४ अर्ब २३ करोड १९ लाख रुपैयाँबाट बढाएर ५ अर्ब ८२ करोड २२ लाख रुपैयाँ पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीले महाविपत्ति कोषमा ३ करोड ५९ लाख रुपैयाँ राखेको छ । हाल चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा २७ करोड ९३ लाख रुपैयाँ जम्मा भएको छ ।
कम्पनीले ३४ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । गुराँसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: