×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाल दोलखा हाइड्रोपावरको आइपीओ अपराह्न ४ बजे बाँडफाँट हुँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

हिमाल दोलखा हाइड्रोपावरको आइपीओ अपराह्न ४ बजे बाँडफाँट हुँदै

काठमाडौं -हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ आज (बिहीबार) अपराह्न ४ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा अपराह्न ४ बजे आइपीओ बाँडफाँट हुने जनाएको छ । 

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले असार २५ देखि ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीले जारी गरेको आइपिओमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको थियो । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणलाई छुटाईएको थियो  ।

तर, यो आइपीओमा आवश्यक आवेदन नपरेपछि भर्ने म्याद लम्बिएर साउन २४ गतेसम्म पुगेको थियो । पछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत भर्न दिइएको थियो । सबै नबिकेपछि अन्डरराइटर समेत यो सेयर स्वीकारेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: