नाडाको पत्रकार सम्मेलन : संयोजक निराकार श्रेष्ठले लेखेको कुरा राम्रो पढ्न समेत जानेनन् ! (भिडियो)

काठमाडौँ । गाडी व्यवसायीहरुको छाता संगठनका रुपमा एकातर्फ परिचित र अर्कोतर्फ कालोबजारी ऐन विपरित काम गर्ने गाडी कम्पनीहरुको झुण्डका रुपमा कुख्यात संघ नाडाले नाडा अटो शोका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजकको विज्ञप्ति वाचन अचम्म लाग्दो देखियो । उनले पढेको कुरा पनि पढ्न नजानेको देखेर त्यहि भिडियो टेलिभिजनमा हेरेका दर्शकसमेत अचम्ममा परेका छन् ।

उनले 'ग्राहक बर्ग' समेत नमिलाई भनेका छन् । 'जसका लागि कार्यक्रम आयोजना गरिएको हो, त्यहि बर्गलाई राम्रोसँग सम्बोधन गर्न नजान्ने कस्तो संयोजक राखेको होला नाडाले ?'  कार्यक्रममा पत्रकारहरुबीच खासखुस चल्यो । त्यहि बेला पत्रकारबीच 'गसिप' सुरु भयो, गाडी बेचेर पैसा सोहोर्ने, कहिलेकाहीं मात्र पढ्नुपर्नेको यस्तै हो'

नाडाले बेलैमा सोच्ने कि ?    
प्रकाशित मिति : Monday, August 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal