एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १०% सम्म छुट

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौता अनुसार, एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । 


प्रकाशित मिति : Tuesday, August 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal