×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

काठमाडौं – नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न सोमबार बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन र एक वर्ष अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल २०७६ साल मंसिर १० गते परिपक्व हुनेछ ।
त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ भदौ ९ गते परिपक्क हुनेछ । यसअघि भदौ २ गते केन्द्रीय बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: