×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकमा भएको से*क्स काण्डको नालीबेली, दुर्व्यवहार हुँदा कहाँ उजुरी गर्ने ? (भिडियो)

काठमाडौँ । आजको कार्यक्रममा हामी बैंक तथा वित्तीय संस्थाभित्र महिला कर्मचारीहरु र बैंकमा कर्जा माग्न गएका महिलाहरुमाथि हुने गरेका, बाहिर आएका र नआएका   यौन दुर्व्यवहारका बारेमा सामाग्री प्रस्तुत गर्दैछौं ।अन्याय गर्नुभन्दा अन्याय सहनु ठुलो पाप हो । त्यसैले यस्ता दुर्व्यवहार कसैमाथि पनि भए भने सहेर बस्नु हुँदैन भन्ने सन्देश दिनु आजको कार्यक्रमको मुख्य उद्देश्य हो । र यो कार्यक्रम प्रस्तुत गर्दै गर्दा हामी यो कुरामा पनि सचेत र स्पष्ट छौं कि बाहिर आएका वा चर्चामा आएका केहि घटनाहरुलाई लिएर समग्र बैंकमा काम गर्ने महिलालाई गलत रुपमा हेरियो वा बैंकमा काम गर्ने सबै पुरुषहरुलाई गलत तरिकाले हेरियो भने, त्यो चाहिं झनै अर्को ‘महापाप’ हुन्छ ।

समाचारको संवेदनशीलतालाई ख्याल गर्दै बाहिर मिडियामा यसअघि आइसकेको नेपाल बंगलादेश बैंकको काण्ड बाहेक अन्य बैंकको नाम, र पात्रहरुलाई हामीले गोप्य राखेका छौं । र आजको कार्यक्रम समग्रमा बैंक तथा वित्तीय संस्थामा हुने यौन दुर्व्यवहार विरुद्धको पहिलो सृंखला हो ।

घटना १ 
पोखराको एक बैंकमा भल्ट रुममै बैंकका कर्मचारी यौन क्रियाकलापमा संलग्न देखियो । यो घटना एक कान, दुइकान, मैदान हुन थालेपछि बैंकभित्रै यो काण्डका बारेमा कर्मचारीलाई बाहिर नबोल्न भनियो । बैंककि कर्मचारी पनि मौन बसे । केहि समय बैंकिङ क्षेत्रमा यो घटनाबारे हल्ला चल्यो र घटना सामसुम भयो । त्यस्तो क्रियाकलाप सहमति मै भएको थियो वा त्यो जवर्जस्ती थियो भन्ने तथ्य पनि रहस्यको गर्भमै रह्यो । अहिले पनि समय समयमा उक्त बैंकको चर्चा विभिन्न बैंकका कर्मचारीबीच हुने गर्दछ ।

घटना २ 
काठमाडौँमा कार्यालय रहेको एउटा बैंकका मेनेजर र बैंककि स्टाफ डेटिङमा केहि अफ्ट्यारो हर्कत गरिरहेको देखेपछी सोहि बैंकका कर्मचारीले एक कान दुइ कान हुँदै यो  घटनाको चर्चा गरे । यतिसम्मकि उक्त बैंककि सो कर्मचारीले त्यहाँको जागिर छोडिन् भने ब्रान्च मेनेजर पनि अर्कै बैंकमा गए । दुवै जना छुट्टाछुट्टै बैंकमा गएपछि यो काण्ड सामसुम त भयो, तर उनीहरु रिलेसनमा थिए वा त्यो जवर्जस्ती थियो भन्ने कुरा रहस्यको गर्वमै रह्यो । तर बैंकको कार्ड नै भिरेर बैंकिङ समयमा कुनै ठाउँमा गरिएको त्यो हर्कत गलत नै थियो ।
घटना ३ 
विभिन्न बैंकमा विभिन्न बहानामा यौन दुर्व्यवहार हुन्छ भन्ने चर्चा भइरहेका बेला नेपाल बंगलादेश बैंकभित्र भएको सेक्स काण्ड बाहिर आएको छ । विभिन्न मिडियाहरुले प्रहरीलाई नै कोट गरेर समाचार प्रकाशन / प्रशारण गरेपछि हामीले पनि यो घटनाको नालीबेली पत्ता लगाउने प्रयास गरेका छौं ।
घटना मोरंगको हो । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ  गर्यो । २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बास्तोलालाई प्रहरीले पक्राउ गर्यो । सेक्स गर्न दिनेभए मात्रै कर्जा उपलब्धगराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जवरजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले  पुष्टि गरेका छन् । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाइएको छ । 
देखिएका, सुनिएका यी घटना त प्रतिनिधि उदाहरणमात्र हुन् । पछिल्लो समय विभिन्न बैंकका उच्च तहका कर्मचारीहरुले विशेषगरी तल्लो तहका कर्मचारीहरुलाई यौन दुरासयाले हेर्ने, संवेदनशील अंगमा छुने, वा यौन क्रियाकलापमा संलग्न हुनका लागि प्रस्ताव गर्ने गरेका चर्चा चलिरहेका छन् । र आजको कार्यक्रम यिनै गलत क्रियाकलाप भयो वा भएको देखियो भने सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ, सहेर बस्नु हुँदैन भन्नका लागि हो । र आजको कार्यक्रममा हामी यस्तो यौन दुर्व्यवहार भयो वा भएको देखियो भने कहाँ कसरी उजुरी गर्ने भन्ने विषयमा बोल्दछ ।
अन्त्यमा हामी पुन: भन्छौँ, अन्याय सहेर कोहि पनि बस्नु हुँदैन । र जाँदाजाँदै यो पनि फेरि दोहोर्याउछौँकि बहसमा उठेका केहि विषय, र केहि प्रतिनिधि घटनालाई लिएर समग्र बैंकमा काम गर्ने महिला र बैंकका पुरुष कर्मचारीहरुलाई पनि गलत भनिनु हेरिनु हुँदैन ।   
प्रस्तुत समाचारमा नेपाल बंगलादेश बैंकले खण्डनपत्रसमेत पठाएको छ ।

नेपाल बंगलादेश बैंकको खण्डन पत्र र हाम्रो स्पष्टीकरण :
१. समाचारमा चित्त नबुझे कुनै पक्षले खण्डन पठाउने अधिकार हो र सम्बन्धित सञ्चारमाध्यमले त्यसलाई प्रकाशित गर्नु सञ्चारमाध्यमको कर्तव्य हो भन्ने हामीले बुझेका छौँ । अत: बैंकले पठाएको खण्डनपत्र हामीले जस्ताको त्यस्तै प्रकाशित समाचारको तल स-सम्मान प्रकाशित गरेका छौँ
२. अदालतमा विचाराधीन मुद्धालाई हामीले निज दोषी नै हो भनेर समाचार बनाएका छैनौँ । यसअघि विभिन्न सञ्चारमाध्यममा प्रहरीलाई नै कोट गरेर आएका समाचारहरुलाई हामीले प्रशारण गरेका हौँ । उदाहरणका लागि अन्नपूर्ण पोष्ट र कान्तिपुरमा प्रकाशित समाचार :
अदालतको विचाराधीन मुद्धामा आफ्नो तर्क दिनु हुँदैन भन्ने कुरामा हामी सतर्क छौँ । यसअघि नै विभिन्न संचारमाध्यममा उक्त समाचार आइसकेकाले नेपाल बंगलादेश बैंकका मेनेजर बलात्कारको आरोपमा पक्राउ परेको खबरलाई ‘यस्ता घटना भएका समाचार  बाहिरिएका छन् र महिलामाथि दुर्व्यवहार भए उजुरी गर्नुपर्छ’ भन्ने सन्देश दिने पवित्र उद्देश्यले  हामीले समाचार बनाएका हौँ । उक्त समाचारमा कतै पनि नीज दोषी छन् भनिएको छैन । 
३. उक्त समाचारमा हामीले बैंकका महिला कर्मचारीहरुलाई आघात पर्ने कुनै पनि कुरा उल्लेख गरेका छैनौँ । बरु कहीं कतै यस्ता दुर्व्यवहारका घटना भए उजुरी गर्नुपर्छ भन्ने सन्देशमुलक सामाग्री हामीले प्रकाशन गरेका छौं। हाम्रो पवित्र उद्देश्य महिलाहरु दुर्व्यवहारमा पर्नु हुन्न र पर्न नदिनु हामी सबैको कर्तव्य हो भन्ने कुराको उजागर हो । 
४. खण्डनपत्रमा उल्लेख भएजस्तो नेपाल बंगलादेश बैंकका महिला कर्मचारीहरु पदोन्नतीका लागि जे सुकै गर्न तयार हुन्छन् भन्ने कतै पनि उल्लेख गरिएको छैन । बरु उक्त समाचार र भिडियो सामग्रीमा महिलाअधिकारकर्मी सावित्री सुवेदीले ‘आफुमाथि दुर्व्यवहार भए उजुरी गर्नुपर्छ, शरीर नै बन्धक बनाएर प्रमोसन हुनुको औचित्य छैन’ भन्ने उल्लेख गर्नु भएको हो । यसको अर्थ आफूमाथि दुर्व्यवहार भए उजुरी गर्नुपर्छ सहेर बस्नु हुँदैन भन्ने नै हो । र सोहि अनुसार सबैले बुझ्नुभएको छ भन्ने कुरामा हामी विश्वस्त छौं । यदी कसैलाई हाम्रो समाचार हेरेर सो कुरा नेपाल बंगलादेश बैंकका कर्मचारीले गर्छन् भन्ने लागेको भए हामी माफी माग्दछौँ ।  हाम्रो त्यस्तो बुझाउनुको कुनै उद्देश्य होइन । नेपाल बंगलादेश बैंकमात्र होइन हरेक बैंकमा काम गर्ने कर्मचारीको हामी उच्च सम्मान गर्दछौँ ।
५.  हामीले प्रमोमा विभिन्न बैंकमा घटेका घटनाहरुको प्रतिनिधि घटनाहरु प्रस्तुत गर्दै ‘र’ नेपाल बंगलादेश बैंकको सेक्स काण्ड’ भनी यस अघि विभिन्न संचारमाध्यममा आइसकेका समाचारहरु विस्तृतमा प्रकाशन गर्ने उद्देश्यले सामाग्री बनाएका हौँ । र यसअघि नै विभिन्न सञ्चारमाध्यममा आएका घटना ‘एक महिलाले कर्जा माग्न आउँदा मेनेजरले बलात्कार गरेको आरोपमा मेनेजर पक्राउ परेको विषयलाई उठाएका हौँ । यस्तो सेक्स काण्ड नघटोस् र कतै कहीं आफुमाथि दुर्व्यवहार भए उजुरी गर्नुपर्छ भन्ने कुराको सन्देशमूलक कार्यक्रम बनाउनु हाम्रो उद्देश्य थियो ।  यसको स्पष्टीकरण हामीले भिडियोको ‘ Description’ मा पनि उल्लेख गरेका छौं । र प्रमोमा उल्लेखित नेपाल बंगलादेश बैंकको लोगो र नाम हटाइ प्रशारित गरिदिनु भनी खण्डन पत्र बैंकले पठाएकोमा बैंकको खण्डनको उच्च सम्मान गर्दै हामीले सो अंश हटाइ प्रशारण गरेका छौं । यसको अर्थ हामीले प्रशारण गरेको कुनै पनि सामाग्रीलाई कसैले गलत नाबुझ्नुहोस् भन्ने हो । कसैले गलत बुझे भनेर खण्डन आएपछि त्यसलाई सच्याउनु पनि हाम्रो कर्तव्य हो । पोष्ट डिलिट गर्नु हुँदैन भन्ने प्रेस काउन्सिलको नियमतर्फ सचेत भई हामीले सो अंशमात्र बैंकको खण्डन अनुसार प्रमोबाट हटाएका छौं ।   
६. हामी हरेक बैंकमा काम गर्ने महिलाको सम्मान गर्छौँ । हाम्रो प्रयास दुर्व्यवहार सहनु हुन्न भन्ने कुरा उजागरको मात्र हो । हाम्रा सामाग्रीलाई अन्यथा बुझी कसैलाई ठेस पर्न गएको भए हामी क्षमा चाहान्छौं । 
७. हामी सदैब पत्रकार आचारसंहिताप्रति प्रतिबद्ध छौं । हामी हिँसारहित  समाज निर्माणको परिकल्पना गर्दछौं ।तर पहिलामाथि हुन सक्ने सम्भावित हिँसाको विरोध नै गर्नुहुन्न पनि उद्देश्यबाट कोहि प्रेरित छ भने हाम्रा लागि त्यो स्वीकार्य नहुने पनि स्पष्ट पार्न चाहन्छौँ ।
८. हामी पुन: भन्छौँ हाम्रो उद्देश्य हिँसाको विरोध गर्नु हो । हामीले प्रकाशन गरेको समाचारलाई कसैले अन्यथा नबुझ्न पनि अनुरोध गर्दछौं । उक्त खण्डनपत्र सम्मानित प्रेस काउन्सिलमा पनि बोधार्थ भएकोले हामी प्रेस काउन्सिललाई उक्त खण्डनपत्र प्राथमिकताका साथ प्रकाशन भएको, हाम्रो उद्देश्य  महिलामाथि दुर्व्यवहार नहोस् र भएमा उजुरी गर्नुपर्छ भन्ने रहेको र पत्रकार आचारसंहिताको पूर्ण पालनामा हामी प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहान्छौं ।          
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: