नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा


काठमाडौँ - नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई बुधबारबाट कारोबार सञ्चालनमा ल्याएको छ ।

अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।

बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्टआईपीएस ई-पेमेन्ट को सेवा पनि थप गरिएको हो ।
प्रकाशित मिति : Thursday, August 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal