नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, शाखा सञ्जाल ८२ पुग्यो

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले काठमाडौं–४, बालुवाटारमा ८२ औं शाखा विस्तार गरेको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शाखा उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीच शाखाको उद्घाटन गरिएको हो ।

काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित रहेको छ ।
प्रकाशित मिति : Tuesday, August 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal