×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको स्वास्थ्यमा पुन: समस्या, मिर्गौलाले काम गर्ने क्रम घट्यो, भोलि नै सिंगापुर लगिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्रीको स्वास्थ्यमा पुन: समस्या, मिर्गौलाले काम गर्ने क्रम घट्यो, भोलि नै सिंगापुर लगिने !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई पुन: उपचारका लागि सिंगापुर लगिने भएको छ । मिर्गौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई पुन: सिंगापुर लैजाने तयारी भएको हो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । 
उपचारमा संलग्नमध्येका डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएपछि पुन: सिंगापुर जाने कार्यक्रम तय भएको पुष्टि गरे । स्वास्थ्य मानिसमा ‘क्रिटिनिम’को मात्रा १ दशमलव ४ हुन्छ । त्यो दर प्रधानमन्त्रीको बढेर गएको डा. सायमीले बताए । क्रिटिनिनको मात्रा बढ्दै गएकाले चिकित्सकहरुले ओलीको स्वास्थ्या अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मिर्गौला ड्यामेज हुन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
यता प्रधानमन्त्रीका सल्लाहकार विश्णु रिमालले भने यो खबरको खन्डन गरेका छन् । `सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो।
यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्।
प्रमको स्वास्थ्य ठीक छ । 
उहॉ भोली बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै  चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ।´ उनले लेखेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: