पत्रकार मृत्यु प्रकरण : अस्मिता कार्की पक्राउ, रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी तयार हुँदै (अपडेट)


काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा नाम जाेडिएकी रूकु भनिने अस्मिता कार्की पक्राउ परेकि छिन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढेको छ । उनका अनुसार रवि लामिछाने पनि पक्राउ पर्ने पक्का छ ।  

‘हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैन’, मल्लले भने, ‘कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन।’

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्।
प्रकाशित मिति : Thursday, August 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal