×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पत्रकार महासंघकाे आन्दोलनमा पूर्ण साथ छ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘पत्रकार महासंघकाे आन्दोलनमा पूर्ण साथ छ’

काठमाडौं – श्रमजीवी पत्रकारका हक संरक्षणका लागि आवश्यकता अनुसारको आन्दोलनमा जान विभिन्न पत्रकार संघ संगठनहरुले नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । उनीहरुले महासंघकाे आन्दोलनमा आफुहरुकाे पुर्ण साथ रहने उनीहरुले प्रतिवद्धता जनाए । विभिन्न सञ्चार सम्बद्ध संघ/संगठनहरुकाे साथ लिन र ऐक्यबद्धताका लागि महासंघले बुधबार केन्द्रीय कार्यालयमा “श्रमजीवी पत्रकार ऐन कार्यान्वय” विषयक छलफल कार्यक्रम अायाेजना गरेकाे थियाे । महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजक जन्मदेव जैसीका अनुसार साे छलफल कार्यक्रमबाट प्राप्त सुझाव र धारणालाई आन्दाेलनका कार्यक्रममा रुपान्तरण गर्न लगत्तै उपलब्ध केन्द्रीय समिति बैठक बाेलाउने र श्रमजीवीका श्रम अधिकार एवं पारिश्रमिक दिलाउन संघर्षका याेजना सार्वजनिक गर्नेछ ।
समितिका संयाेजक रामप्रसाद दाहालकाे संयाेजनमा भएकाे साे कार्यक्रममा बाेल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको लामो संघर्षपछि जारी गरिएको श्रमजीवी पत्रकार ऐन लागु भएको वर्षौ बितिसक्दा पनि नेपाली मिडिया क्षेत्रमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक समेत लागु हुनु नसकेको र पछिल्लो समय सूचना तथा प्रसारण विभागले जारी गर्दै आएको पत्रकार परिचय पत्र प्राप्त गर्न समेत अप्ठ्यारो परेको सन्दर्भमा महासंघ कसरी अघि बड्ने भन्ने विषयमा छलफलका लागि कार्यक्रम आयोजना गरेको बताए ।
प्रदेश सरकारले पनि पछिल्लो समय पत्रकार परिचय पत्र वितरण गर्न शुरु गरेको सन्दर्भमा उनले महासंघ संघीयता कार्यान्वयन र प्रदेश सरकारहरुको अधिकारप्रति प्रतिवद्ध रहेको बताउँदै प्रेस पास वितरणका सवालमा रहेको अन्यौल हटाउनु पर्ने र प्रदेश सरकारहरुले पनि प्रेस पास वितरण गर्दा श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वय भएको सुनिश्चित गरेर मात्र वितरण गर्नुपर्ने बताए।
प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहालले श्रमजीवी पत्रकारहरुको सवाललाई कुनै विभेदबिना एकीकृत रुपमा हेरिनु पर्ने बताए । उनले स्वरोजगार र ठूला लगानीका मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुलाई सम्बोधन गर्न दीर्घकालिन नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै दाहालले अहिले जस्तो अल्पकालिन निर्णयहरुले अन्यौल श्रृजना गर्ने भनाई राखे। विज्ञापनका विषयमा पारदर्शिता र समानुपातिक सिद्धान्त अपनाउने हो भने यस्ता धेरै समस्या हल हुनसक्ने बताउँदै उनले महासंघलाई यसतर्फ पनि ध्यान केन्द्रीत गर्न आग्रह गरे । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझाले श्रमजीवीको हक संरक्षणका लागि महासंघले ठोस आन्दोलन शुरु गर्नुपर्ने विचार राखे । उनले अहिले सूचना विभागबाट पत्रकार परिचय पत्र लिन नसकेर ठूला लगानीका मिडियामा काम गर्ने पत्रकारहरु बढी पीडित रहेको बताए ।
कार्यक्रममा महासंघका सचिवहरु शितल महत्व, लक्ष्मी पुन, उदय जिम, काेषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य यम बिरही, टेकराज थामी, जानुका बराल, टिकाराम प्रधान, उपत्यका अध्यक्ष एन के दाहाल, प्रतिष्ठान अध्यक्ष शेखर अधिकारी, साप्ताहिक राष्ट्रिय सञ्जालका अध्यक्ष दामाेदर दवाडीलगायतकाे सहभागिता थियाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: