सजिलो लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ९६८.८९% ले वृद्धि !


काठमाडौं - सजिलो लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ९४ लाख ४९ हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ९६८.८९% धेरै हो । अघिल्लो वर्ष कम्पनीले ८ लाख ८४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

संस्थाको खुद ब्याज आम्दानी ३ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष संस्थाले १ करोड २१ लाख ४९ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानीकमाएको थियो । यस्तै, सञ्चालन नाफा पनि १४ लाख २५ हजार रुपैयाँबाट बढाएर ९६ लाख ४४ हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले गर्दा खुद नाफा पनि बढेको देखिछ । 

यो चौथौ त्रैमाससम्ममा संस्थाले ९ करोड २५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७२ करोड ६८ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको विवरण सार्वजनिक भएको छ । हाल सजिलोको चुक्ता पुँजी १४ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.१२% पुगेको हो । यसको यसको कस्ट अफ फन्ड ११.६२% र कर्जा निक्षेप अनुपात ७८४.९०% छ । 
प्रकाशित मिति : Thursday, August 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal