सिद्धार्थ बैंकले पायो २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनएमबि क्यापिट !

काठमाडौं - सिद्धार्थ बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्रि गरिने छ । 

यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।
प्रकाशित मिति : Thursday, August 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal