×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफको खुद नाफा २५.१२% ले वृद्धि, खुद बिमा शुल्क कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सन नेपाल लाइफको खुद नाफा २५.१२% ले वृद्धि, खुद बिमा शुल्क कति ?

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा १० करोड २१ लाख रुपैयाँ  कमाएको छ ।  अघिल्लो वर्ष कम्पनीले ८ करोड १६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस अनुसार, संस्थाको गत वर्षको नाफा अघिल्लो वर्षको तुलनामा २५.१२% धेरै देखिन्छ ।
यता, संस्थाले खुद बिमा शुल्क १७१.६२% ले बढाएर ७८ करोड ९९ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले २९ करोड मात्र रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । साथै, बिमा कोषको आकार पनि १६ करोडबाट बढेर ६० करोड ३९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले महाविपत्ति कोषमा १ करोड ९६ लाख रुपैयाँ राखेको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले ३४ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ भने  २२ लाख ३५ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रकम रहेको छ । हाल चुक्ता पुँजी १ अर्ब ४० करोड लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ६४ लाख रुपैयाँ जम्मा रहेको  छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: