×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स संघद्वारा प्रक्रिया पुरा गरेका बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

बैंकर्स संघद्वारा प्रक्रिया पुरा गरेका बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग !

काठमाडौँ । नेपाल बैंकर्स संघले प्रक्रिया पुरा गरेका वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन माग गरेको छ । संघको भदौ ११ गते बुधबार बसेको बैठकले प्रक्रिया पुरा गरेका वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुलाई ब्रोकर तत्काल लाइसेन्स दिन माग गरेको हो । 
यस्तै संघले नेपाल स्टक एक्सचेञ्जले आब्हान गरेको सूचनाअनुसार प्रकृया पुर्याएर आवेदन दिएका बैंकहरुलाई समेत ब्रोकर लाइसेन्स दिने प्रकृया स्थगित गरेपछि तत्काल लाइसेन्स वितरण गर्न माग गरेको हो । अर्थ समितिले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन अध्ययन गरी दुइ महिनाभित्र प्रतिवेदन बुझाउने गरी सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा साउन २९ गते पाँच सदस्यीय अध्ययन उप समिति गठन गरेको थियो ।
यद्यपि संघले नेप्सेलेको उक्त प्रक्रियामा असहमति जनाएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: