×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोटलर्स नेपालको खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

PRIME CA

बोटलर्स नेपालको खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार

काठमाडौं । बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । यस अवधि सम्म आईपुग्दा यी दुवै कम्पनीको खुद नाफामा गिरावट आएको छ । 
सार्वजनिक भएको विवरण अनुसार बोटलर्स नेपाल बालाजुले खुद नाफा ६२ करोड ८२ लाख ७३ हजार रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ३७.७३% ले कम हो । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले खुद नाफा १ अर्ब ९० लाख रुपैयाँ कमाएको थियो।
यता, बोटलर्स नेपाल तराईको पनि ३४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा खुद नाफा ५१.५८% ले घटेको हो । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले खुद नाफा ७१ करोड ५४ लाख रुपैयाँ कमाएको थियो।
यस्तै बोटलर्स नेपाल बालाजुको चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ भने प्रतिशेयर आम्दानी वार्षिक ३०६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ हजार ९८६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । यस्तै जगेडा कोषमा ३ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ । 
यता बोटलर्स नेपाल तराईको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २८६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ हजार ८१७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । यस्तै कम्पनीको जगेडा कोषमा २ अर्ब ७ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । 
यद्यपी यी दुवै कम्पनीको नाफा घट्नुका साथै प्रतिसेयर आम्दानी पनि घटेको छ भने रिजर्भ कोषमा वृद्धिसँगै प्रतिसेयर नेटवर्थ बढेको देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: