लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो सिटिजन्स, लगानीकर्ताले १५% लाभांश पाउने !

काठमाडौं - सिटिजन्स बैंक आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १२% नगद लाभांश र ३% बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले कुल १५% लाभांश दिने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको ३०८औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार ७७३ रुपैयाँको प्रस्ताव गरेको १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ नगद र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रकाशित मिति : Tuesday, August 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal