×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकास्योरेन्ससहित ३ कुरामा असहमति जनाउदै डेभलपमेन्ट बैंकर्स संघद्वारा राष्ट्र बैंकलाई पुर्नविचारका लागि अनुरोध !

PRIME CA
laxmi sunrise bank

बैंकास्योरेन्ससहित ३ कुरामा असहमति जनाउदै डेभलपमेन्ट बैंकर्स संघद्वारा राष्ट्र बैंकलाई पुर्नविचारका लागि अनुरोध !

अर्थ सरोकार

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बैंठक सकिएको  छ । संघले स्प्रेडको नयाँ गणना विधि, बैंकास्योरेन्स र १५ लाखसम्मको कृषि तथा व्यवसायिक कर्जामा भएको व्यवस्थामा असहमति जनाउदै पुर्नविचारका लागि राष्ट्र बैंकलाई अनुरोध गर्ने भएको हो  । राष्ट्र बैंकले जारी गरेको सर्कुलर लगायतका बिषयमा छलफल गर्न मध्यान्न १२ बजे एशोशिएसनको कार्यलयमा बैठक बसेको थियो । 
बैठकमा उपस्थित अधिकांश सीइओहरुले राष्ट्र बैंकले यी विषयमा पुर्नविचार नगरेमा बैंक चलाउन नसकिने  समेत धारणा राखेका थिए । त्यसैगरी १५ लाखसम्मको कृषि तथा व्यवसायिक कर्जा प्रवाहका लागि राष्ट्र बैंकले तोकेका शर्तहरुका कारण क्षेत्रीय र प्रदेश स्तरका बैंकहरुको आम्दानीमा ठूलो असर पुग्ने निश्कर्ष निकालेको बताइएको छ । 
उपस्थित एक बैंकरका अनुसार राष्ट्रिय स्तरका विकास बैंकले १५ लाख रुपैयाँसम्मको कर्जामा सेवाशूल्क लिन नपाउने व्यवस्थाले प्रति बैंक ८/१० करोड रुपैयाँले गिरावट आउने देखिएकाले स्तरका आधारमा बैंकहरुको अधिकांश कर्जा १५ लाखसम्मको रहने भएका कारणले उक्त  बैंकलाई चलाउनै कठिन हुने भएकाले पुर्नविचारका लागि राष्ट्र बैंकलाई अनुरोध गर्ने भएका हौ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: