×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका गभर्नर नेपालद्वारा सर्वोच्चको फैसलामा असन्तुष्टी, भन्छन् आफु खुशी बैंक चलाउन पाइदैन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकका गभर्नर नेपालद्वारा सर्वोच्चको फैसलामा असन्तुष्टी, भन्छन् आफु खुशी बैंक चलाउन पाइदैन !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सर्वोच्चको फैसलाप्रति असन्तुष्टी जनाएका छन् ।नेशनल बैंकिङ इन्स्च्यिुटले आयोजना गरेको सञ्चालक सम्मेलनको उद्घाटन गर्दै गभर्नर नेपालले राष्ट्र बैकको निर्देशन उल्टाउन केहि सचालक र सिइओहरुले हारगुहार गर्दा केन्द्रीय बैंकको निर्देशन फितलो बनाएको बताउँदै बैंकर र सञ्चालकसँग असन्तुष्टी जनाएका हुन् ।
यस्तै आफु राष्ट्र बैंकमा गभर्नरको जिम्मेवारी सम्हाल्न आउँदा कतिपय संचालकहरुको औठा चाप रहेको थियो । तर अहिले त्यस्तो छैन उनले भने ‘बैंकिङ क्षेत्रमा राष्ट्र बैंकले जुन नीति ल्याउदापनि असहमती जनाउने गलत  बानी छ ।’ साथै सर्वसाधारणको सम्पतिमा लौरो टेकर हिड्न नसक्ने हुँदा पनि बैंक चलाउन पाउनुपर्ने सोच राख्दा बैंकिंङ क्षेत्रमा नै समस्या आएको  उनले बताए । 
जनताको निक्षेप लिएर सञ्चालकले आफूखुसी बैंक चलाउन नपाइने समेत उनले बताए । राष्ट्र बैंकले निर्देशिकामार्फत बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेरहद तोकेको थियो । राष्ट्र बैंकको उक्त निर्णयलाई सर्वोच्चले उल्टाइदिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: