पुडासैनी मृत्यु प्रकरण : भरतपुरमा प्रहरी र रबी लामिछाने समर्थकबीच झडप, २ राउण्ड अश्रु ग्यास प्रहार !

काठमाडौं । चितवनको भरतपुरमा प्रहरी र सञ्चारकर्मी रबी लामिछानेका समर्थकहरुबीच झडप भएको छ ।अदालतमा थुनछेक बहस चलिरहेको बेला लामिछानेका समर्थकहरुले सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो । 

प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ। गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ । लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेका छन् भने केहि समर्थकलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । 
प्रकाशित मिति : Monday, August 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal