बमबहादुर मिश्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा !

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकमा बमबहादुर मिश्रलाई बढुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

उनि यसअघि राष्ट्र बैंककै भुक्तानी फर्छ्योट विभागमा कामू कार्यकारीको जिम्मेवारी सम्हालिरहेका थिए । २०५९ सालमा राष्ट्र बैंक प्रवेश गरेका उनीसँग विदेशी मुद्रा व्यवस्थापन विभाग, सुपरिभिजन विभाग र नियमन विभागमा समेत काम गरेको अनुभव हुनुका साथै राष्ट्र बैंकमा आउनुअघि उनले करिब ८ वर्ष वाणिज्य बैंकहरुमा पनि काम गरेका थिए ।

मिश्रले त्रिभुवन विश्वविद्यालयबाट बिएस्सी, एमबिए, एलएलबी र जापानको टोकियोबाट अर्थशास्त्रमा एमफिल गरेका समेत गरेका छन्।
प्रकाशित मिति : Friday, August 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal