×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ११७ औं शाखा ललितपुरको कुपण्डोलमा, मेयर महर्जन र सञ्चालक समितिका सदस्य तातेडद्वारा उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकको ११७ औं शाखा ललितपुरको कुपण्डोलमा, मेयर महर्जन र सञ्चालक समितिका सदस्य तातेडद्वारा उद्घाटन

काठमाडौं – सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरेका हुन् ।
यसरी, सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको यस बैंकले आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिएको छ ।
हालसम्म सनराइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको र नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजनामा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: