नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, अपराह्न ३ बजे बोलकबोल !

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । । मंगलबार जारी हुने उक्त ट्रेजरी बिल सोमबार (आज) अपराह्न ३ बजे बोलकबोल हुने भएको हो । 

राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षे अवधि लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँको बिल २०७६ पुस ८ गते परिपक्क हुनेछ भने १८२ दिने ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल २०७६ चैत ११ गते परिपक्क हुनेछ । र १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ असोज ६ गते परिपक्क हुनेछ ।
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal