×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिष्टम ह्याक होइन, मेनेजरको पासवर्ड दुरुपयोग गरेर चोरी गरियो, जनताको निक्षेप सुरक्षित छ’ : कृषि बिकास बैंक

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

‘सिष्टम ह्याक होइन, मेनेजरको पासवर्ड दुरुपयोग गरेर चोरी गरियो, जनताको निक्षेप सुरक्षित छ’ : कृषि बिकास बैंक

काठमाडौँ । कृषि बिकास बैंकको सिष्टम ह्याक भएको समाचार आइरहँदा बैंकले जनताको निक्षेप सुरक्षित रहेको दावी गरेको छ । साथै बैंकले बैंकको सिष्टम ह्याक नभएको बरु बैंक लहान शाखाका म्यानेजरको कमजोरीका कारण कर्मचारीहरुको मिलेमतोमा करिब २ करोड रुपैयाँ चोरी भएको बैंकको दावी छ ।
बैंकका डेपुटी सीइओ प्रताप सुवेदीले कृषि विकास बैंकको सिस्टम विश्वकै स्तरीयमध्येमा पर्ने भन्दै यस्तो दावी गरेका हुन् । उनका अनुसार लहान शाखाका म्यानेजर रामसेवक यादव यो घटना हुँदा तालिमका लागि काठमाण्डौ आए मौका छोपी लहान शाखाकै कर्मचारीहरुले उनको पासवर्ड प्रयोग गरी सिस्टमबाट अनधिकृत रुपमा रकम ट्रान्सफर गरेका भेटिएको छ ।

बैंकिङ क्षेत्रमा यस्ता घटना बारम्बार भइरहनुले नेपालको बैंकिङ क्षेत्रप्रति जनताको विश्वास घट्न सक्ने जोखिम देखिएको छ । तर यस्ता घटना घटीसकेपछिमात्र थाहा हुने ट्रेन्डले झन् समस्या निम्त्याउन सक्ने जोखिम भएको जानकारहरु बताउँछन् । नेपालका एटिएमहरु ह्याक भएको केहि समय नबित्दै नेपाली बैंकिङ क्षेत्रमा अर्को ‘दुर्घटना’ भएको हो । 

यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ। निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट ३१ लाख नगदसमेत प्रहरीले बरामद गरेको छ । समयमै सबैलाई पक्राउ गरिएको हुँदा करिब १० करोड रुपैयाँ लुटिनबाट जोगिएको प्रहरीको भनाइ छ ।

यो भिडियो रिपोर्ट हेर्नुभयो ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: