×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एटिएम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंकको आकस्मिक बैठक बस्यो, एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा नचल्ने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

एटिएम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंकको आकस्मिक बैठक बस्यो, एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा नचल्ने !

काठमाडौं । चिनियाँ ह्याकरले बैंकको एटिएमबाट पैसा लुटेको खबर पुष्टि भएपछि नेपाल राष्ट्र बैंकको आकष्मिक बैठक बसेको छ । राष्ट्र बैंकका भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर क्षेत्रीले  दिएको जानकारी अनुसार खातावालाको पैसा सुरक्षित रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यता ह्याकरहरुको चाल थाहा पाएपछि प्रहरीले अनुसन्धानलाइ अगाडी बढाएको छ भने केहि लुटेराहरु पक्राउसमेत परेका छन् । एटिएमबाट पैसा लुटिएपछि अहिले जुन बैंकको कार्ड हो त्यही बैंकको मेसिनबाट मात्र पैसा झिक्न मिल्छ । एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा छिराएर पैसा निकाल्न बन्द गरिएको छ ।
यता चीनबाट आएका ह्याकरहरुले नेपालको प्रणाली ह्याक गरेर बैंकको एटिएमबाट करोडौं पैसा लुट्ने लुटेका छन् । चिनियाँहरुले भिसा र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) बीचमा बसेर एटिएमबाट पैसा लुटेको प्रहरीले जनाएको छ। 
तर नबिल बैंकको २४ घन्टे सतर्कताका कारण जनताको पैसा भने लुटिएन । नबिल बैंकले एटिएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडवढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर छुट्टीको दिनमा समेत २४सै घण्टा कर्मचारीलाई खटाएका कारण ठुलो दुर्घटनाबाट नबिल बैंक जोगिएको छ । बैंकले शनिवार बिदा पर्ने भएकाले शुक्रबार एटिएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ। शनिबार नै नबिल बैंकको कमलादीका दुबै एटिएम खाली भएको देखिएपछी बैंकका कर्मचारीले सुपरभाइजरलाइ सम्पर्क गरेका थिए ।
सुपरभाइज अफिस आएर हेर्दा प्रभु बैंकको १२/१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको दखिएपछी त्यसपछि बैंकले सिसिटिभी क्यामेराको फुटेज हेर्यो । सिसिटिभीमा ब्यागमा धमाधम पैसा हालेको देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । र यहि सूचनाका आधारमा प्रहरीले लुटेराहरुलाई समात्यो । लुटेरारुको साथबाट एक करोड ४० लाख रुपैयाँ बरामद गरिएको छ । 
घटना भएलगत्तै नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदियो । चिनियाँहरुले घोटेको कार्ड भिसा प्रोसेसरमा गइ भिसाले नेप्सलाई सम्पर्क गर्छ । नेप्सेले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ। तर नेप्स आँफैलाई भने आफूले स्वीकृत गरेको थाहा हुँदैन । भिसा र नेप्सको बिचमा बसेर चिनियाँहरुले ह्याक गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भइरहेको छ । 
नबिलको एटिएमबाट करिव ७० लाख रुपैयाँजित पैसा निकालिएको छ । बाँकी पैसा कुन बैंकबाट निकालियो भन्ने अनुसन्धान भइरहेको छ ।
यी सामाग्री छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: