आरम्भ लघुवित्तले गर्यो ८% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

काठमाडौं - आरम्भ लघुवित्त वित्तीय संस्थाले ८% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको आइतबार बिहान बसेको सञ्चालक समितिको १४०औं बैठकले अर्थि वर्ष २०७५/७६को मुनाफाबाट ८% बोनस दिने निर्णय गरेको हो । साथै, संस्थाले ०.४२% नगद लाभांश पनि दिने भएको छ। संस्थाले लगानीकर्ताहरुलाई ४८ लाख रुपैयाँ बराबरको बोनस दिन लागेको हो । 

हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । बोनसपछि चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Sunday, September 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal