×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार नहुँदाको ‘बिजोग’ : एक रुपैयाँमा ३ दाना स्याउ, बिक्री नभएपछि कुँडो बनाएर बस्तुलाई खुवाउँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

बजार नहुँदाको ‘बिजोग’ : एक रुपैयाँमा ३ दाना स्याउ, बिक्री नभएपछि कुँडो बनाएर बस्तुलाई खुवाउँदै !

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् ।
गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’
लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’
गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ । कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: