ऋण 'अप्रुभ' गर्ने सिइओका पीडा : 'हस्ताक्षर नगरौं, 'काम नै हुन्न', गरौँ, 'तलकाले फसाए भने सकियो' सबै हेर्न सम्भव छैन' !

काठमाडौँ । कुनै ऋण किर्ते ठहरियो भने सीइओ पनि अनुसन्धानको घेरामा पर्छन् । पर्ने नै भए, किन कि उनीहरुले पनि सो कर्जा दिन हुन्छ भनेर 'अप्रुभल'का लागि सहि गरेका हुन्छन् । तर उक्त हस्ताक्षर वा 'अप्रुभल' सीइओको जिम्मेवारी बहन गर्ने औपचारिकतामात्र हुन्छ । तलका कर्मचारीहरुको काम कमजोर भयो भने कुनै पनि सीइओ कुनै पनि बेला फस्न सक्छन् ।

कर्जा प्रवाहका प्रोसेस र बैंक अफ काठमाण्डूको एउटा उदाहरण 
सुरुमा कोहि कर्जा चाहियो भनेर आउँछ । बैंकका प्रतिनिधि धितो हेर्न जान्छन् । भ्यालुएटरले भ्यालुएसन गर्छ । हुन त केहि ठुला फाइल रहेछन् भने धितो हेर्न सीइओ नै जान्छन्, तर यो प्रत्येक केसमा सम्भव हुन्न । धितो हेर्न जाने कर्मचारीले मिलेमतो गर्यो भने गलत काम यहींबाट सुरु हुन्छ । बैंकले लिष्टिङमा राखेका भ्यालुएटरले भ्यालुएसन गरिदिन्छन् । उनीहरु बैंकका कर्मचारी हुँदैनन् बरु स्वतन्त्र इन्जिनियरहरु हुन्छन् । उनीहरु बिके भने गलत कामले यहाँनेर पनि प्रसय पाउँछ । अव फाइल अगाडी बढ्छ । धितो हेर्न गएका आफ्ना कर्मचारीले ठिक छ भनेको र भ्यालुएटरले पनि राम्रो भ्यालुएसन गरेको अवस्थामा उक्त फाइल अगाडी बढ्छ । केहि अवस्थामा बाहेक अव यहाँभन्दा माथिका बैंकरहरुले धितो हेर्ने गर्दैनन् । तल मिलेमतो भएको भए माथि सबै प्रक्रिया औपचारिक हुन्छ । कागज ठिक छ कि छैन भनेर मात्र हेर्ने काम हुन्छ । सबै ठाउँबाट अव ऋणको फाइल सीइओकहाँ पुग्छ । सीइओले सबै कुरा हेर्ने कुरै हुँदैन । तलका कर्मचारीहरुले ठिक काम गरेका छन् भन्ने विश्वासकै आधारमा फाइल अप्रुभ हुन्छ । यहाँ नेर सीइओहरुलाई बाध्यता हुन्छ । हस्ताक्षर नगरौं कसरी नगरौं, तलका कर्मचारीहरुले ठिक छ भनेर पठाएको फाइल । अव सबै कुरा हेरौं भने सम्भव नै हुन्न । कर्जा किन ढिलो भयो भन्ने प्रश्न उठ्छ, वा त्यस्तो काम गर्न फुर्सद नै हुँदैन । 

उदाहरणका लागि बैंक अफ काठमाण्डूको उदाहरण हेरौं । २०७१ सालमा हेटौंडाका व्यापारी सुरेन्द्र श्रेष्ठले झापामा रहेको खोला छेउको जग्गा धितो राखेर बैंक अफ काठमाण्डूबाट झन्डै ५ करोड ऋण स्वीकृत गराए । ऋण लिए तर तिरेनन् । नतिरेपछि बैंक प्रक्रियामा गयो । बुझ्दै जाँदा धितो नक्कली भएको खुल्यो । हदै भएपछि बैंकले सीआइबीलाई उजुरी गर्यो । प्रहरीले उजुरी परेको १० दिन अर्थात साउन २४ गते ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गर्यो । उनले बयानका क्रममा अन्यको नाम लिए र प्रहरीले उनले नाम लिएकाहरुलाई भकाभक पक्राउ गर्यो । अजय श्रेष्ठ यहींनेर मुछिए । 

यो कर्जा लिन सुरेन्द्रले बैंकका तत्कालीन पूर्वाञ्चल क्षेत्र हेर्ने गणेश लम्साललाई हातमा लिए । दुइजनाको पहिलेदेखि नै निकै राम्रो सम्बन्ध थियो । धितो हेर्न उनी नै गएका थिए । उनी अहिले बैंकबाट अवकास प्राप्त भइसकेका छन् । तर यहि प्रकरणमा उनलाई प्रहरीले पक्राउ गर्यो । धितोको मूल्याङ्कन 'स्वतन्त्र भ्यालुएटर' भेषराज खत्रीले गरेका थिए जो अहिले फरार छन्। भ्यालुएटर बैंकको कर्मचारी हुँदैनन् । बैंककि कर्मचारी ऋचा श्रेष्ठले सबै कागजपत्र हेरेर नियम/कानुन पालना भएको भनी प्रमाणित गरेकी छिन् । उनी पनि पक्राउ परिसकेकी छिन । भ्यालुएटरले पनि राम्रो भ्यालुएसन गरेको र ऋचा श्रेष्ठले पनि ठिक भनेपछि उक्त फाइल चिफ बिजनेस अफिसर पुष्पराज भण्डारीकहाँ पुग्यो । उनले सबै कुरा ठिक छ भनेर ऋणको फाइल अप्रुभ गरे । उनी पनि पक्राउ परिसकेका छन् । अव सबै ठाउँबाट ठिक भनेर आइसकेको फाइलमा सीइओले सहि गर्छन् । नगरुन् पनि किन, सबै ठिक छ भनेर आएको छ । ऋणीले स्वर्णिम एण्ड सिजनका नाममा झन्डै ५ करोड ऋण पाए । 

माथिको उदाहरण हेर्दा सीइओको कतै पनि गल्ती छैन । तर उनी फसे, फसाईए ।
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal