×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँखामा राखे पनि नबिझाउने बैंकर अजय श्रेष्ठ, जसलाई बिओकेकै कर्मचारीले यसरी फसाए… !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

आँखामा राखे पनि नबिझाउने बैंकर अजय श्रेष्ठ, जसलाई बिओकेकै कर्मचारीले यसरी फसाए… !

काठमाडौँ । नक्कली कागजपत्रका आधारमा ऋण दिएको अभियोगमा बैंक अफ काठमाण्डूका तत्कालीन सीइओ अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ क्षेत्रमा निकै सोझा व्यक्तिका रुपमा परिचित उनलाई प्रहरीले पक्राउ गरेसँगै अन्य बैंकका बैंकरहरु पनि त्राहिमाम् बनेका छन् । आफ्नो प्रत्यक्ष संलग्नता नरहेको केसमा पक्राउ पर्ने डरले बैंकरहरु आत्तिएका हुन् ।
आइतबार यसरी पक्राउ परे अजय श्रेष्ठ !
अजय श्रेष्ठले यो किर्ते काण्डमा आफुले सीआइबीलाई सहयोग गर्ने बताईरहेका थिए । त्यहि बेला सीआइबीबाट उनलाई चिया खान र केहि कुरा गर्न भनेर बोलाइयो । तर सीआइबीले उनलाई चिया खान बोलाएर गिरफ्तार गर्यो । यो कुरा बाहिर आएपछि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकले पनि प्रहरीलाई उनलाई पक्राउ नगरी अनुसन्धान गर्न आग्रह गर्यो तर प्रहरीले मानेन । कुरा अर्थमन्त्रीसम्म पुगिसकेको थियो । तर सीआइबीले कसैलाई टेरेन । र अहिले पनि अजय श्रेष्ठ प्रहरी हिरासतमा छन् ।
सधैं भद्र थिए श्रेष्ठ, आँखामा राखे पनि नबिझाउने खालका थिए !
श्रेष्ठलाई चिन्ने अधिकांस भन्छन्, ‘उनी आँखामा राखेपनि नबिझाउने खालका थिए । रिस्क मिनिमाइजेसनमा उनको ठुलो विज्ञता छ । सधैं सादा जीवनमा रमाउथे । नेपाल राष्ट्र बैंक र बैंकर्स संघका अधिकांसले पनि उनलाई निकै भलादमी बैंकर हुन् । त्यहि भएर पनि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आवश्यक अनुसन्धान गर्न अजयले सघाउने भन्दै बाहिरै राखेर बयान लिन आग्रह गरेका थिए ।
आफ्नै कर्मचारीले यसरी फसाए !
पहिला घटनाको नालीबेली हेरौं । २०७१ सालमा हेटौंडाका व्यापारी सुरेन्द्र श्रेष्ठले झापामा रहेको खोला छेउको जग्गा धितो राखेर बैंक अफ काठमाण्डूबाट झन्डै ५ करोड ऋण स्वीकृत गराए । ऋण लिए तर तिरेनन् । नतिरेपछि बैंक प्रक्रियामा गयो । बुझ्दै जाँदा धितो नक्कली भएको खुल्यो । हदै भएपछि बैंकले सीआइबीलाई उजुरी गर्यो । प्रहरीले उजुरी परेको १० दिन अर्थात साउन २४ गते ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गर्यो । उनले बयानका क्रममा अन्यको नाम लिए र प्रहरीले उनले नाम लिएकाहरुलाई भकाभक पक्राउ गर्यो । अजय श्रेष्ठ यहींनेर मुछिए । 
यो कर्जा लिन सुरेन्द्रले बैंकका तत्कालीन पूर्वाञ्चल क्षेत्र हेर्ने गणेश लम्साललाई हातमा लिए । दुइजनाको पहिलेदेखि नै निकै राम्रो सम्बन्ध थियो । धितो हेर्न उनी नै गएका थिए । उनी अहिले बैंकबाट अवकास प्राप्त भइसकेका छन् । तर यहि प्रकरणमा उनलाई प्रहरीले पक्राउ गर्यो । धितोको मूल्याङ्कन ‘स्वतन्त्र भ्यालुएटर’ भेषराज खत्रीले गरेका थिए जो अहिले फरार छन्। भ्यालुएटर बैंकको कर्मचारी हुँदैनन् । बैंककि कर्मचारी ऋचा श्रेष्ठले सबै कागजपत्र हेरेर नियम/कानुन पालना भएको भनी प्रमाणित गरेकी छिन् । उनी पनि पक्राउ परिसकेकी छिन । भ्यालुएटरले पनि राम्रो भ्यालुएसन गरेको र ऋचा श्रेष्ठले पनि ठिक भनेपछि उक्त फाइल चिफ बिजनेस अफिसर पुष्पराज भण्डारीकहाँ पुग्यो । उनले सबै कुरा ठिक छ भनेर ऋणको फाइल अप्रुभ गरे । उनी पनि पक्राउ परिसकेका छन् । अव सबै ठाउँबाट ठिक भनेर आइसकेको फाइलमा सीइओले सहि गर्छन् । नगरुन् पनि किन, सबै ठिक छ भनेर आएको छ । ऋणीले स्वर्णिम एण्ड सिजनका नाममा झन्डै ५ करोड ऋण पाए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: