×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौको चौथौ साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भदौको चौथौ साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

काठमाडौं – बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले भदौको चौथौ साता ८ बाट बैंकले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्।
एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ । भदौ २५ गते मोरङ जिल्लाको विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् । त्यसैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका हुन् ।
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ११३औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ ।
विकासचोक शाखा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा मन्तव्य राखेका थिए ।
बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगाएत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ ।
सिद्धार्थ बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सोमबार काठमाडौँको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । 
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा ११२औँ शाखा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
उक्त नयाँ शाखा सहित बैंकको शाखा संख्या ११२ पुगेको छ । बैंकले २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा भदौ २३ देखि सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालयको सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरेका हुन् ।
प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा टेवा पुर्याउँदै आएको छ ।
काठमाडौँको सिनामंगलमा ज्योति विकास बैंकले नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् । 
कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री राज कुमार क्षेत्रीले बैंकको नयाँ शाखाले विमानस्थल प्राङ्गण भित्रै पनि बैंकिङ्ग सेवा पुगेको कारण आम जनतालाई अझ सहज भएको बताए । साथै, बैंकलाई हरेक ढंगले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे ।
कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिकावडा नं. ०१ स्थित बरुवामा ९९औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडा अध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका हुन् । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाईसेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ । भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ । 
उक्त शाखाको औपचारिक उद्घाटन पम्फा भुसालले गरेकी थिइन । सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए । ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: