×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाले १०% लाभांश दिंदै, बोनस र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

सिभिल लघुवित्त वित्तीय संस्थाले १०% लाभांश दिंदै, बोनस र नगद कति ?

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट ५% बोनस र ५% नगद लाभांश दिने निर्णय गरेको हो । 
कम्पनीले ५७ लाख ५ हजार ७०० रुपैयाँ बराबरको बोनसर र ५७ लाख ५ हजार ७०० रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी ११ करोड ९८ लाख १९ हजार ७०० रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: