×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा हरिसिद्धि र होलेरीमा, शाखा संख्या १४६ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा हरिसिद्धि र होलेरीमा, शाखा संख्या १४६ पुग्यो

रोल्पा
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो  ।
नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल १४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: