×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर आउँदै, कति पायो रेटिङ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर आउँदै, कति पायो रेटिङ ?

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर आउने भएको छ । इन्स्योरेन्सको उक्त हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिए लगत्तै बिक्री प्रक्रिया सुरु हुनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
हाल यसको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: