माछापुच्छ्रे बैंकको १६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, असोज २४ मा हुँदैछ साधारणसभा


लाष्ट रिमाइन्डर : 
कम्पनी : माछापुच्छ्रे बैंक
लाभांश : १६% लाभांश 
बुक क्लोज : असोज १० गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहीबार, असोज ९ गते)

विशेष साधारण सभा : असोज २४ गते

विवरण :
माछापुच्छ्रे बैंकको १६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको बुक क्लोज असोज १० गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 
५% बोनस सेयर र ११% नगद लाभांश दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिइने

विशेष साधारण सभा हुने स्थान र समय :
होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार ६५० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ १५ पैसा
प्रतिसेयर नेटवर्थ : १३९ रुपैयाँ ५७ पैसा ।
प्रकाशित मिति : Thursday, September 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal