युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिने सरकारको प्रतिवद्धता : मन्त्री यादव (भिडियो रिपोर्ट)

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गर्नु भएको छ । 

मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तराष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको पनि स्मरण गराउनु भयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुनु भएका मन्त्री यादवले संचारकर्मीमाझ मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको गएको उल्लेख गर्दै त्यसको विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको पनि बताउनु भयो । त्यसका लागि सरकारले स्वदेशी बस्तुको उत्पादनलाई जोड दिईरहेको पनि मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले मुलुकमा भईरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पु¥र्याइरहेको पनि स्पष्ट पार्नु भयो । हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal