विजयादशमीको बिदामा समेत प्रभु बैंकले २४ शाखामा दशैं काउन्टर सञ्चालन गर्ने

काठमाडौँ - विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले  दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ । बैंकले २४ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने लागेको हो । उक्त दशैँ काउन्टर उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखा गरी २४ शाखा सञ्चालन गर्न लागेको प्रभु बैंकले जनाएको छ ।

असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको चुक भुक्तानी हुने र रेमिट्यान्स रकम बढीमा ५० हजारसम्म भुक्तानी लिन सकिने छ ।
प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal