प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, बिक्री प्रबन्धक एनएमबी क्यापिटल !

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति माग गरेको छ । 

हाल यसको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्रुडेन्सियलले हकप्रद ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
प्रकाशित मिति : Tuesday, September 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal