×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रेमसागर फाउण्डेशनलाई ५० हजार आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रेमसागर फाउण्डेशनलाई ५० हजार आर्थिक सहयोग

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले धादिङ्ग धार्के गाउँपालिका, वडा नं ५ मा सञ्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ । सहयोगस्वरुप बैंकका महाप्रबन्धक अपुर्व प्रसाद जोशीद्वारा प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई पचास हजारको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त आर्थिक सहयोगले फाउण्डेशनद्वारा  धार्के गाउँपालिकामा सन्चालित जन भोजन क्रार्यक्रम अन्त्र्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५सय जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र यस बैंकले करिब एक हजार ५ सयजना स्कुले बालबालिकाहरुलाई पनि विद्यालयमै खाजा पुर्याउँदै आईरहेको छ ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: