सानिमा बैंकले २१.०५२६% लाभांश दिँदै, बोनस र नगद कति ?

काठमाडौं - सानिमा बैंकले २१.०५२६% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकमा हाल चुक्ता पुँजीको ११.०५२६% नगद र १०% बोनस सेयर दिने निर्णय गरेको छ । 

बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने करसहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै : 
प्रकाशित मिति : Tuesday, September 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal